नेपालका लागि सहयोग 🇳🇵

Bhote Koshi Flood Relief Support Poster Generator

भोटेकोशी बाढी प्रभावितहरूका लागि सहयोग गर्नुभयो? आफ्नो नाम र फोटो राखेर पोस्टर बनाउनुहोस् र सेयर गर्नुहोस् — तपाईंको एउटा सेयरले अरू धेरैलाई सहयोग गर्न प्रेरित गर्न सक्छ।

सहयोग कहाँ जान्छ

सिधै नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा — pmdrf.nchl.com.np। HIMEXA ले कुनै रकम लिँदैन, राख्दैन, पठाउँदैन।

तपाईंको फोटो कहाँ जान्छ

कतै पनि जाँदैन। पोस्टर तपाईंकै browser मा बन्छ; फोटो server मा अपलोड हुँदैन र कतै सुरक्षित हुँदैन। फोन नम्बर, ठेगाना, बैंक विवरण वा transaction ID केही सोधिँदैन।

JPG वा PNG • मोबाइल क्यामेराबाट पनि
रु.

खाली छोड्नुभयो भने पोस्टरमा रकम देखिँदैन — कुनै खाली ठाउँ पनि रहँदैन।

पोस्टरको आकार

नाम लेखेपछि पोस्टर बन्छ।

Share caption

भोटेकोशी बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मैले सहयोग गरेको छु। 🇳🇵

विपत्तिको यो घडीमा तपाईं पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुहोस्।

Official Donation Portal:
pmdrf.nchl.com.np

#NepalFloodRelief #BhoteKoshiFlood #Nepal

Live preview — 1080 × 1350

फन्ट लोड हुँदैछ…

यो पोस्टर सहयोगको सन्देश हो — भुक्तानीको रसिद होइन। सहयोग रकम सिधै नेपाल सरकारको कोषमा जान्छ; HIMEXA ले कुनै रकम लिँदैन, राख्दैन। QR pmdrf.nchl.com.np मा मात्र जान्छ।

यो पोस्टर के हो, र के होइन

यो एउटा सहयोग सन्देश हो — भुक्तानीको रसिद, प्रमाणपत्र वा सरकारी प्रमाणीकरण होइन। HIMEXA सँग तपाईंले साँच्चै कति सहयोग गर्नुभयो भन्ने जाँच्ने कुनै तरिका छैन, त्यसैले पोस्टरमा “verified” वा “certificate” जस्ता शब्द जानाजान राखिएको छैन। पोस्टरले पक्का भन्ने एउटै कुरा हो: पैसा कहाँ जान्छ, र कसरी पठाउने।

QR सधैं नेपाल सरकारको आधिकारिक donation portal मा मात्र जान्छ — प्रयोगकर्ताले लेखेको कुनै कुराले त्यो बदलिँदैन।

अरू निःशुल्क उपकरणहरू Apps मा छन्।